लोसपाद्वारा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय
- वर्ल्ड दैनिक
- ८ महिना अघि
- ३२९ पटक पढिएको

एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ।

मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको लोसपाका नेता केशव झाले जानकारी दिए। लोसपाले यसअघि विश्वासको मत दिने /नदिनेबारे निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन्। नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री बनेका हुन्।
प्रतिक्रिया दिनुहोस