समयसीमाभन्दा अघि नै लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आज दाबी पेस गरिँदै

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २५० पटक पढिएको
समयसीमाभन्दा अघि नै लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आज दाबी पेस गरिँदै

लुम्बिनी प्रदेशमा प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै सरकार गठनका लागि गठबन्धन दलहरुले दाबी पेस गर्ने भएका छन्।

आज लुम्बिनी प्रदेशमा सरकार गठनको लागि दलहरुले दाबी पेस गर्न लागेका हुन्। पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले समय दिएका थिए।

प्रदेशको भागवण्डा टुङ्गिएपछि लुम्बिनीमा नेकपा (एमाले)ले मुख्यमन्त्री पाउने सहमति भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित