नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३७७ पटक पढिएको
नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही बेरमा बस्दै छ  । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार अहिले ११ः३० मा कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।

सरकारको समर्थन गर्ने, नगर्ने एवम् समसामयिक राजनीतिक विषयमा अहिले कांग्रेसका पदाधिकारीबीच अनौपचारिक छलफल भएको महामन्त्री शर्माले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बस्ने प्रतिनिधिसभा संसदमा विश्वासको मत लिने कार्यक्रम छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित