आफ्नै साथीलाई अपहरण तथा शरीर बन्धक बनाउने कार्यमा संलग्न चार जना बालक पक्राउ

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ४०६ पटक पढिएको
आफ्नै साथीलाई अपहरण तथा शरीर बन्धक बनाउने कार्यमा संलग्न चार जना बालक पक्राउ

पर्सामा आफ्नै साथी वीरगञ्ज महानगरपालिका-१६ बस्ने १६ वर्षीय बालकलाई अपहरण तथा शरीर बन्धक बनाएको अभियोगमा ४ जना बालकलाई प्रहरीले पक्राउ गरेको छ।

ती बालक घर छेउको कलधारामा मुख धोइरहेको अवस्थामा चार जनाले शनिबार बिहान अपहरण गरेकोमा प्रहरीले खोजी गर्ने क्रममा करिब ३ सय मिटर टाढा सुनसान खाली चौरमा मुखमा गलबन्दी, पन्जा तथा रूमाल कोचेर केबलको कालो तारले वाँधीएको अवस्थामा फेला पारी उद्दार गरेको थियो।

उनीसँगै अध्ययन गर्ने चार जनाले कक्षामा सँधै प्रथम भएकोले रिस, द्वेस र डाहले उक्त घटना घटाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ। उनीहरू उपर जिल्ला अदालत पर्साबाट अपहरण तथा शरीर बन्धक कसूरमा ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ। नेपाल प्रहरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित