सोमबार सुनचाँदीको मूल्य वर्षकै उच्च, तोलाको कति ?
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३८४ पटक पढिएको
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोला ६०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ४०० रुपैयाँ कायम भएको छ। यो भाउ यस वर्षकै उच्च हो।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया दिनुहोस