गण्डकी प्रदेशमा एमालेका खगराजको नेतृत्वमा नयाँ सरकार गठनको तयारी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४६५ पटक पढिएको
गण्डकी प्रदेशमा एमालेका खगराजको नेतृत्वमा नयाँ सरकार गठनको तयारी

गण्डकी प्रदेशमा आज एमालेका खगराज अधिकारीको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी भईरहेको छ। यद्दपि यस विषयमा अझै अन्तिम टुङ्गो भने लागिसकेको छैन।

मुख्य मन्त्रीका लागि माओवादीका हरि बहादुर चुमानले पनि दावी पेश गरेपछि अन्तिम टुङ्गो नलागेपनि सदस्य संख्याका हिसाबले हेर्दा सभामुखसहित थप ३ मन्त्रालय माओवादीलाई र १ मन्त्रालय राप्रपाको भागमा पर्ने र मुख्य मन्त्री र उपसभामुखसहित अन्य मन्त्रालय एमालेमा रहने गरी मन्त्रालय गठन हुने बताइएको छ।

गण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरङ्गद्वारा गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको सर्मथनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्य मन्त्री नियुक्ती गर्नका लागी आज चार बजे भित्र दावी पेश गर्न आव्हान गरिएको छ।

गण्डकी प्रदेशमा ६० सदस्यीय प्रदेश सभामा ३६ प्रत्यक्ष र ३४ समानुपातिक प्रणालीमार्फत निर्वाचित सदस्यहरु छन् । जसमध्ये मतभारका आधारमा सबै भन्दा बढी समानुपातिक साँसद एमाले १०, नेपाली काँग्रेस ९ र नेकपा माओवादी केन्द्रका ३ र राप्रपाका २ सदस्य रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित