सत्ता साझेदारबीच प्रदेश सरकारमा दलहरूबीच सहमति

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४५ पटक पढिएको
सत्ता साझेदारबीच प्रदेश सरकारमा दलहरूबीच सहमति

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ छ दलका शीर्ष नेताहरूको बैठकमा सातै प्रदेशको सरकार गठनका विषयमा सहमति जुटेको छ। प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुख चयनको विषयमा सत्ता साझेदार दलहरूबीच सहमति जुटेको हो।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको बैठकले प्रदेश एकबाहेक छ वटा प्रदेशको सरकार गठनको बिषयमा सहमति बनेको एमाले नेता देवेन्द्र दाहालले जानकारी दिए।

सहमति अनुसार मधेश प्रदेशमा पहिलो कार्यकालमा जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गर्नेछ भने बागमतीमा पहिलो कार्यकाल माओवादी केन्द्र र सुदूरपश्चिम प्रदेशमा पहिलो कार्यकाल एमालेले सरकारको नेतृत्व गर्ने भएको छ।

मधेश प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले सरकारको आलोपालो नेतृत्व गर्ने भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित