आजदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३३३ पटक पढिएको
आजदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था

आजदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ। प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले यही पुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आजदेखि दुवै स्थानबाट श्रम स्वीकृत लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए।

यसअघि काठमाडौँ र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो। वर्तमान सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले नागरिकलाई प्रदान गर्दै आएका आधारभूत सेवा दिने निकायको सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो झण्झटमुक्त बनाउने निर्णय गरेको थियो।

सुर्खेत र धनगढीबाट पनि प्राविधिक तथा भौतिक तयारीपछि छिट्टै यो सेवा सुरु हुने प्रेस संयोजक शर्माले बताए। त्यसका लागि सरकारका तर्फबाट आवश्यक गृहकार्य भइरहेको उनको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित