प्रधानमन्त्री दाहालद्वारा भारतीय प्रधानमन्त्री मोदीको आमाको निधनप्रति दुःख व्यक्त

  • वर्ल्ड दैनिक
  • ११ महिना अघि
  • २९४ पटक पढिएको
प्रधानमन्त्री दाहालद्वारा भारतीय प्रधानमन्त्री मोदीको आमाको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री दाहालले यस दुःखको यस घडीमा प्रधानमन्त्री मोदी र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।

साथै प्रधानमन्त्री दाहालले दिवङ्गत हिराबाको आत्माको चिर शान्तिको कामना गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीका आमा हिराबाको आज सय वर्षको उमेरमा निधन भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित