आउदों सोमबार बागमती प्रदेशसभा बैठक बस्ने

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • ३०२ पटक पढिएको
आउदों सोमबार बागमती प्रदेशसभा बैठक बस्ने

बागमती प्रदेशसभाले पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको छ।

बागमती प्रदेश प्रमुखको कार्यालयले दिएको सो जानकारीमा मंसिर ४ गते सम्पन्न निर्वाचनबाट गठित प्रदेशसभाको पहिलो बैठक सोमबारका लागि तय भएको जनाईएको छ।

प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्काका अनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेशसभाको ११ औं अधिवेशन आह्वान गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित