नेपालमा ओमिक्रोन बीएफ.७ को त्रास, सचेत रहन मन्त्रालयको आग्रह

  • वर्ल्ड दैनिक
  • ९ महिना अघि
  • १७५ पटक पढिएको
नेपालमा ओमिक्रोन बीएफ.७ को त्रास, सचेत रहन मन्त्रालयको आग्रह

छिमेकी राष्ट्र चीन र भारतमा ओमिक्रोनको सब–भेरियन्ट बीएफ.७ तीव्र रूपमा फैलिएसँगै नेपालमा पनि जोखिम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम फरक रूपमा देखिन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।

कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा पुष्टि नभए पनि जोखिम रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए। नेपालमा ९५.७ प्रतिशतले पूर्ण खोप लगाए पनि तीमध्ये धेरैले खोप लगाएको ६ महिना नाघिसकेको छ ।

नेपालमामा बुस्टर जोड लगाउने थोरै छन् । जसले गर्दा सब–भेरियन्टको सङ्क्रमणको जोखिम रहने सङ्क्रामक रोग विशेषज्ञ प्रभात अधिकारी बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित