महान्यायाधिवक्ता पोख्रेलले राष्ट्रपति कार्यालयमा लिए शपथ
- वर्ल्ड दैनिक
- ९ महिना अघि
- १३२ पटक पढिएको

राष्ट्रपति कार्यालय शीतल निवासमा महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाएकी हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत उक्त शपथ समारोहमा उपस्थित थिए। प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार पोख्रेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्।
अधिवक्ता पोख्रेल लामो समयदेखि माओवादी निकट रहेका कानुन व्यवसायमा संलग्न छन्। केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा पोख्रेलले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बहस गरेका थिए।
प्रतिक्रिया दिनुहोस