एमालेको संसदीय दलको नेतामा दाहाल मनोनित

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २७७ पटक पढिएको
एमालेको संसदीय दलको नेतामा दाहाल मनोनित

नेकपा (एमाले)को राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ। एमाले अध्यक्ष ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गरेका हुन्।

राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए। नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो।

मनोनित दाहाल यसअघि दलका प्रमुख सचेतक समेत थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित