सत्ता गठबन्धनको बैठक, संयोजकमा एमाले अध्यक्ष ओलीलाई अघि बढाउने निर्णय

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३४७ पटक पढिएको
सत्ता गठबन्धनको बैठक, संयोजकमा एमाले अध्यक्ष ओलीलाई अघि बढाउने निर्णय

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार दलले पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ।न्यूनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बताए।

उनले भने, ‘सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम तय गर्ने, पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय भएको छ। हरेक राजनीति दलले न्यूनतम साझा कार्यक्रमका लागि सदस्य तोक्ने निर्णय भएको छ। यो सत्ता साझेदार दलहरुमा संयोजकका रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूलाई अघि बढाउने निर्णय भयो।’

उनले बैठकमा मन्त्रिमण्डल विस्तारका बारेमा पनि छलफल भएको जानकारी दिए। आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको गृहमन्त्री लामिछानेले बताए।

गृहमन्त्री लामिछानेले सरकार के का लागि हो भन्ने कुराको तय गर्न न्यूनतम साझा कार्यक्रम बनाइन लागेको जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित