रसुवागढी नाकामा दुइतर्फी व्यापार मंगलबारदेखि नै सुरु,चीनद्वारा भव्य स्वागत
- वर्ल्ड दैनिक
- २ साल अघि
- २९२ पटक पढिएको

रसुवागढी नाकाबाट हुने दुइतर्फी व्यापार मंगलबारदेखि नै सुरु भएको छ। करिब तीन बर्ष पछि नेपालले निर्यात सुरु गरेसँगै चीनले रसुवागढी नाकामा आफ्नो मुलुकतर्फ स्वागत गरेको हो।

नेपालबाट चीनतर्फ मंगलबार भन्सार पास भएर सुख्खा बन्दगाह हुँदै गएका ६ वटा ट्रकलाई बुधबार नाकामा भव्य कार्यक्रम गरी स्वागत गरेको छ। कोभिड महामारीपछि लामो समय नेपाल-चीन नाकामा अवरोध देखिएको थियो। नेपालको आग्रहमा चीनले आफ्नो तर्फबाट वस्तु आयातका लागि कोटा तोकेर एकतर्फी रुपमा नाका सञ्चालनमा ल्याए पनि नेपालबाट हुने निर्यात भने ठप्प थियो।
केही दिनअघि छोटो सूचना पठाएर चीनले नेपालको रसुवागढी नाकाबाट नेपाललाई वस्तु आयात गर्न दिने बताएपछि मंगलबार नेपालबाट करिब ५० लाख ७० हजार रुपैयाँ बराबरको ६ ट्रक नेपाली वस्तु चीनतर्फ निर्यात भएका छन्। चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, र फलफूल आयात हुँदै आएको छ भने त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो तथा हस्तकलामा आधारीत बिभिन्न समाग्रीहरु चीनतर्फ निर्यात हुने गरेको थियो।