Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

भक्तपुरमा लोक सेवा आयोगको तयारी कक्षा निःशुल्क सञ्चालन गरिदै

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३५४ पटक पढिएको
भक्तपुरमा लोक सेवा आयोगको तयारी कक्षा निःशुल्क सञ्चालन गरिदै

भक्तपुरमा लोक सेवा आयोगको तयारी कक्षा निःशुल्क सञ्चालन हुने भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिकाले युवाहरूका लागि सो कक्षा निःशुल्क सञ्चालन गर्ने भएको हो।

आजबाट फारम भर्न सुरु भएको र आगामी मंसिर १७ गतेसम्म फारम भर्न पाउने सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेलले जानकारी दिए। सूचनामा वार्षिक बजेट तथा कार्यक्रमअनुसार नगरपालिकामा स्थायी बसोबास गर्ने लोकसेवा तयारी कक्षा लिन इच्छुक युवा युवतीलाई सहयोग गर्ने उद्देश्यले निः शुल्क लोकसेवा तयारी कक्षाको संचालन गर्न लागेको उनले भनाइ छ।

साथै उनले नगरपालिको १० वटै वडामा नै कक्षा सञ्चालन गर्ने बताए। त्यसका लागि १८ वर्ष उमेर पूरा भएको, कक्षा १२ उत्तीर्ण गरेको तथा सम्बन्धित वडा कार्यालयको सिफारिस जरुरी रहेको नगरपालिकाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित