अध्यक्ष नेपाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

  • वर्ल्ड दैनिक
  • १ महिना अघि
  • १२४ पटक पढिएको
अध्यक्ष नेपाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले आज शिष्टाचार भेट गर्नुभएको छ ।

केन्द्रीय कार्यालय आलोकनगरस्थित अध्यक्ष नेपालको कार्यकक्षमा भएको भेटका क्रममा नेपाल र अमेरिका सम्बन्धका विविध विषयमा कुराकानीका साथै दुईपक्षीय हित तथा सहयोगकाबारे छलफल भएको पार्टीले जनाएको छ ।

अध्यक्ष नेपाललगायत नेतागणले राजदूत थम्पसनलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित