समानुपातिका एमालेको अग्रता कायमै, माओवादी फेरि तेस्रो नम्बरमा

  • वर्ल्ड दैनिक
  • २ महिना अघि
  • १८९ पटक पढिएको
समानुपातिका एमालेको अग्रता कायमै, माओवादी फेरि तेस्रो नम्बरमा

काठमाडौं– समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले सबै भन्दा बढी २५ लाख ४८ हजार ४४७ मत प्राप्त गरेको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २४ लाख ४ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्र पुनः तेश्रो नम्बरमा उक्लिएको छ । उसले १० लाख ७१ हजार मत पाएको छ । चौथो स्थानमा झरेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६४ हजार २ सय ०५ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४५ हजार मत प्राप्त गरेको छ । यसैगरी जनता समाजवादी पार्टीले तीन लाख ३० हजार मत प्राप्त गरेको छ ।

त्यसैगरी जनमत पार्टीले २ लाख ६६ हजार, नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ५३ हजार मत, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३७ हजार नौ सय ३९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २४ हजार ३९ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार छ सय ३१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेशसभा तर्फको समानुपातिक मतगणनामा मधेस प्रदेश बाहेक सवै प्रदेशमा नेकपा एमालेको अग्रता कायमै छ । मधेस प्रदेशमा भनेर नेपाली कांग्रेस अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित