कोदालोको बिडले प्रहार गरी हत्या

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३२९ पटक पढिएको
कोदालोको बिडले प्रहार गरी हत्या

मकवानपुरको थाहा नगरपालिका-१२ गैरीगाउँ बस्ने ८९ वर्षीय आईत सिङ स्याङ्तानको कोदालोको बिडले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाईसन गोलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनीहरूबीच एक-आपसमा भनाभन भई झै-झगडा हुँदा टाईसनले कोदालोको बिड प्रहार गर्दा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।

उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले टाईसनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। नेपाल प्रहरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित