चुनावको अनुगमनमा संवैधानिक आयोगको टोली कपिलवस्तुमा

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २८४ पटक पढिएको
चुनावको अनुगमनमा संवैधानिक आयोगको टोली कपिलवस्तुमा

कपिलवस्तु– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको नेतृत्वमा संवैधानिक आयोगको टोली चुनावको अनुगमन गर्न कपिलवस्तु पुगेको छ ।

अन्सारी नेतृत्वको टोलीले बुधबार कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित जिल्लाका सुरक्षा अधिकारीहरुसँग छलफल गरेको छ ।

अन्सारीले निर्वाचनको तयारी, शान्ति सुरक्षाको अवस्था लगायतका विषयमा छलफल गरेको जानकारी दिनुभयो । निर्वाचन अनुगमनमा संवैधानिक आयोगहरुले टोली नै बनाएर जाने यसअघि निर्णय गरेका थिए ।

अनुगमनमा अन्सारीसहित राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मनोज दुवाडी र थारु आयोगका सदस्य उमाशंकर प्रसाद चौधरी हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित