शहीद स्मारक ‘सि’ डिभिजन लिग फुटबल वैशाखमा

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ८३४ पटक पढिएको
शहीद स्मारक ‘सि’ डिभिजन लिग फुटबल वैशाखमा

|football player

काठमाडौं- अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ ।

एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले हिजो सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो ।

एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चसमेत बढाएको छ । एन्फाले यसपटक तयारी खर्चबापत क्लबलाई रु ११ लाख दिने भएको छ । यसअघि सी डिभिजन क्लबलाई रु नौ लाख ५० हजार दिर्दै आएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित