परराष्ट्र मन्त्रालयकी अधिकृतको मोटरसाइकलको ठक्करबाट मृत्यु

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३११ पटक पढिएको
परराष्ट्र मन्त्रालयकी अधिकृतको मोटरसाइकलको ठक्करबाट मृत्यु

काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी कर्मचारीको मृत्यु भएको छ।

बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेकी ३२ वर्षीया शाखा अधिकृत आस्था सुब्बालाई ठक्कर दिएको थियो।

सुब्बाको उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित