पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश

  • वर्ल्ड दैनिक
  • २ महिना अघि
  • १२४ पटक पढिएको
पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश

काठमाडौं– पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चौधरीलाई पार्टी प्रवेश गराएका थिए । चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा थिइन ।

चौधरी केपी ओली सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा बाबुराम भट्टराई सरकारमा युवा तथा खेलकुद राज्यमन्त्री थिइन।

कार्यक्रममा कांग्रेस नेतृ आरजु राणा, कांग्रेस सर्लाही सभापति सुरन्द्रप्रसाद सिंह, युवा नेता विकास ठाकुर लगायतको उपस्तिथी थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित