विदेशी नागरिकले नेपाल आउँदा ल्याउने कुन—कुन सामानमा हुन्छ भन्सार छुट ?

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २९७ पटक पढिएको
विदेशी नागरिकले नेपाल आउँदा ल्याउने कुन—कुन सामानमा हुन्छ भन्सार छुट ?

आज विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैँ छ । नेपालमा वर्षेनी लाखौं विदेशी पर्यटकहरु घुम्ने आउने गर्दछन् । तर, पर्यटकलेहरुले नेपाल आउँदा के के सामान ल्याउन पाईन्छ ? भन्ने कुरा थाहा नहुँदा विमानस्थलबाट बढी भएको समान जफत हुने गरेको छ ।
विदेशी नागरिकनेपाल आउँदा प्रायः हातमा हुने एउटा वस्तु हो, बाइनाकुलर (दूरविन) । विदेशीहरु नेपालका विभिन्न स्थानमा घुम्ने क्रममा उनीहरुले दूरविनबाट डाडाँकाडाँ हेर्न रुचाउन्छन । तर, विदेशी नागरिकले दूरविन लिएर आउँदा एक थान मात्र ल्याउँदा कुनै भन्सार तिर्नु पर्दैन् । तर, एक भन्दा बढी ल्याएको अवस्थामा भन्सार महसुल तिर्नुपर्ने वा जफत हुन सक्ने विभानस्थल भन्सार कार्यालयले जनाएको छ ।
विदेशी नागरिकले प्रति व्यक्ति एक थानमात्र सेलुलर मोबाईल ल्याउन पाइनेछ । त्यस्तै, ल्यापटप, क्यामरा, भिडियो क्यामरा र पोर्टेबुल म्युजिक सिष्टम एक।एक थान ल्याउँदा कुनै भन्सार तिर्नु नपर्ने भन्साल कार्यालयले जानकारी दिएको छ ।
विदेशी नागरिकले आफ्नो बच्चाको लागि पेराम्बुलेटर र टइसाइकल एक थान ल्याउन पाउनेछन् । त्यस्तै, साइकल र घडी एक एक थानमा कुनै भन्सार तिर्नुपर्दैन् । विदेशी नागरिकले सुनको गहना५० ग्राम र चाँदीका गहना१०० ग्रामसम्म ल्याउँदा भन्सार छुट छ ।
मदिराको हकमा भने एक लिटरको बोत्तल एउटा वा १२ वटासम्म क्यान बियर ल्याउँदा भन्सार छुट छ भने चुरोट२०० खिल्ली, टोबाको२५० ग्राम र सिगार५० खिल्लीसम्म ल्याउँदा भन्सार तिर्नुपर्दैन् ।
त्यस्तै लुगाफाटाहरु, बरबिछ्यौना, कसन तसन, घर गृहस्थीका पुराना सामानहरु ल्याउँदा भन्सार शुल्क लाग्दैन् । पेशाकर्मीले आफूले चलनचल्तीमा ल्याएका काम गर्नको निमित्त ल्याएको ज्यावल बढीमा १ सेटसम्म ल्याउन पाइने छ । डाक्टर वा वैद्यले काम गर्नको निमित्त ल्याएको सामान्य किसिमको यन्त्र, औजारहरु ल्याउँदा भन्सार तिर्नु नपर्ने भन्सार कार्यालयले जनाएको छ ।
औषधिहरु तथा सम्बन्धित विशेषज्ञले प्रयोग गर्ने आवश्यकीय सामानहरु, गवैयाको गाना बजानाको यन्त्र एवं गाना बजाना सम्बन्धी आवश्यक सामान, खेलाडीको खेलको सामान, माछा मार्ने रडमा भन्सार तिर्नुपर्दैन् ।
त्यस्तै, दश हजार मूल्यसम्मका औषधि (नेपालमा पैठारी गर्न मनाही भएका औषधिहरु बाहेक), ५ हजारसम्मका खानेकुराहरु (टिन प्याक समेत) र दुई हजार रुपैंयाँ मूल्यसम्मका ताजा फलफुल ल्याउँदा कुनै भन्सार शुल्क तिर्न पर्दैन् ।
तर, अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने, जाने विदेशी यात्रुले पछि फिर्ता ल्याउने वा लैजाने शर्तमा यी समानहरु महसुल नतिरी ल्याउँन पाइने व्यवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित