रुकुम-पूर्वमा बस दुर्घटनाहुँदा ६ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • ६ दिन अघि
  • ३३ पटक पढिएको
रुकुम-पूर्वमा बस दुर्घटनाहुँदा ६ जनाको मृत्यु

काठमाडौँ। काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस बिहीबार रुकुम-पूर्वमा दुर्घटनामा पर्दा ६ जनाको घटनास्थलमै ज्यान गएको छ। उक्त बस बिहीबार दिउँसो साढे २ बजेटको समयमा जिल्लाको भूमे गाउँपालिका-३ क्याङ्सी बगरमा दुर्घटमा परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार मृत्यु भएकाको परिचय भने खुल्न नसकेको छ ।

१७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित