वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि महानगरको डोजर

  • वर्ल्ड दैनिक
  • ६ दिन अघि
  • २५ पटक पढिएको
वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले केहि समयदेखि अनधिकृत संरचना हटाउने अभियान कायम राख्दै आज वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचनामाथि महानगरको डोजर चलेको छ।

महानगरले अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरेको हो।

डोजर चलाउनु अघि महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र सो क्षेत्रमा रहेका टहराहरु हटाउन भनेको थियो । तर अटेर गरेर सो क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा रहेपछि बाध्य भएर डोजर लगाएर हटाउनु परेको महानगरले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित