ललितपुरको धोविघाटस्थित कबाडी गोदाममा आगलागी हुँदा ३ जना घाइते

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ३० पटक पढिएको
ललितपुरको धोविघाटस्थित कबाडी गोदाममा आगलागी हुँदा ३ जना घाइते

काठमाडौँ। ललितपुरको धोबीघाटस्थित एक कबाडी गोदाममा आगलागी हुँदा ३ जना घाइते भएका छन् । घाइतेहरूलाई स्टार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल लैजाने तयारी गरिएको महानगरीय प्रहरी प्रभागका सानेपाले बताएको छ।

महानगरीय प्रहरी प्रभागका सानेपाका अनुसार कमला खत्रीको जग्गामा भारतीय नागरिक बच्चु साहले सञ्चालन गर्दै आएको कबाडी गोदाममा आगलागी भएको हो । आगलागीबाट गोदाममा भएका अधिकांश सामान जलेर नष्ट भएका छन् । अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको पनि प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ६५ वर्षिय शिवनारायण पोदार गम्भीर छन् भने भारतीय नागरिक उनको अनुहार र शरीरका केही भाग जलेको छ।

यस्तै चितवनका ३० वर्षिय गणेश गुरूङ र ४५ वर्षिय भारतीय नागरिक राम आश्रित साहलाई पनि थप उपचारका लागि कीर्तिपुर पठाइएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित