चर्चित कमेडियन राजु श्रीवास्तवको निधन

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ५७ पटक पढिएको
चर्चित कमेडियन राजु श्रीवास्तवको निधन

एजेन्सी। भारतीय चर्चित हास्यकलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । उनको आज बिहान नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । राजुलाई ४३ दिनअघि १० अगस्टमा हृदयाघातको बिरामी थिए र उनी आइसीयुमा राखेको १३ दिनपछि होसमा आएका थिए । तर, झन्डै डेढ महिना अस्पतालको कोमामा बसेका उनी अन्ततः महाप्रस्थान गरेका छन् ।

उनको कमेडी शो भारतको सबैभन्दा चर्चित कार्यक्रम हो । उनले मैने प्यार किया, बाजीगर, वाह तेरे क्या कहेना, बाम्बे टु गोवा, आम्दानी अठनी खर्च रुपैयाँ, मै प्रेम की दिवानी हुँ जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित