पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ३५ पटक पढिएको
पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा हनुमानटोलमा गएराती ८ बजे स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटरको पछाडि सवार एक जना १५ वर्षीया सोनी राइ घाइते भएका छन् । नौडाडाबाट पोखरा जाँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर अनियन्त्री भई डिभाइडरमा ठोक्किएको थियो ।

दुर्घटनामा घाईते भएका दुबैलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा चालक तँनहुको व्यास नगरपालिका–१ दमौलीका ५० वर्षीय बल बहादुर राईको ज्यान गएको हो । यस्तै, पछाडी सवार निजको छोरी १५ वर्षीया सोनी राइको उपचार भइरहेको वडा प्रहरी कार्यालय बगर कास्कीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित