गौतम अडानी बने संसारकै दोस्रो धनी व्यक्ति,कति छ सम्पति ?

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ४५ पटक पढिएको
गौतम अडानी बने संसारकै दोस्रो धनी व्यक्ति,कति छ सम्पति ?

एजेन्सी। विश्वका शीर्ष १० अर्बपति अर्थात् धनीको सूचीमा एलन मस्कपछि अब भारतीय व्यापार मुगल गौतम अडानी मात्रै रहेका छन् ।पहिलोपटक कुनै एसियाली व्यक्ति ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको शीर्ष तीनमा परेको यो नै पहिलो रेकर्ड हो । अडानीको कूल सम्पत्ति १४६ दशमलब ९ अर्ब डलर छ भने उनी संसारकै सबैभन्दा धनाढ्य एलन मस्कभन्दा अझै धेरै पछाडि रहेका छन् । मस्कको कुल सम्पत्ति २६० अर्ब डलर छ ।

कोइला व्यापार, खनन, तेल तथा ग्यास अन्बेषण, बिजुली उत्पादन र वितरणमा फैलिएको कारोबार सम्हाल्दै आएको गौतम अडानीले सन् १९८८ मा अडानी समूहका स्थापना गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित