विश्व बैंकले नेपाललाई ५२ अर्ब सहुलियतपूर्ण ऋण दिने

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ५३ पटक पढिएको
विश्व बैंकले नेपाललाई ५२ अर्ब सहुलियतपूर्ण ऋण दिने

विश्व बैंक र नेपालबीच ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। आइतबार अर्थ मन्त्रालयमा उक्त ऋण सम्झौतामा हस्ताक्षर भएको हो।

नेपालको क्षेत्रीय यातायात तथा व्यापार आबद्धता अभिवृद्धि (एक्सेस) र डिजिटल नेपाल गति वृद्धि (डीएनए) का लागि विश्व बैंक र नेपाल सरकारबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो।

अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा नेपाल सरकारका तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर र विश्व बैंकका तर्फबाट नेपाल, माल्दिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार विश्व बैंकले एक्सेसका लागि ३४ अर्ब ९६ करोड (२७ करोड ५० लाख अमेरिकी डलर) बराबर र डीएनएका लागि १८ अर्ब (१४ करोड अमेरिकी डलर) बराबर सहुलियतपूर्ण ऋण दिने भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित