उच्च अदालतद्वारा टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन आदेश

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ४७ पटक पढिएको
उच्च अदालतद्वारा टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन आदेश

उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन आदेश दिएको छ। काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका अवैध भौतिक संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको हो।

अदालतले रिट दायरकर्ता र विपक्षी महानगरपालिकालाई छलफलका लागि असोज ५ मा बोलाएको छ। उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले सो आदेश जारी गरी अन्य संरचना भत्काउन निषेध गरेको उच्च अदालत पाटनका रजिष्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिए।

यसअघि कमलपोखरीस्थित लक्ष्मी बैंक, जय नेपाल सिनेमा हल लगायतमा डोजर चलाउदा टुकुचा खोला भेटिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित