निर्वाचन आयोगमा नाराबाजी गरेको भन्दै समाजवादी केन्द्रका अध्यक्ष हिरासतमा

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ४२ पटक पढिएको
निर्वाचन आयोगमा नाराबाजी गरेको भन्दै समाजवादी केन्द्रका अध्यक्ष हिरासतमा

निर्वाचन आयोगमा नाराबाजी गरेको भन्दै समाजवादी केन्द्रका अध्यक्ष लगायत अन्य तीन जनालाई प्रहरीले हिरासतमा लिएको छ।

आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका समाजवादी केन्द्रका अध्यक्ष युवराज सफलसहितका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटा रहेका छन्।

उनीहरुले होहल्ला गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले प्रहरीलाई खबर गरेको आधारमा उनीहरु पक्राउ परेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित