खाना पकाउने तेलको मुल्य लिटरमै ३० रुपैयाँले घट्यो

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ६९ पटक पढिएको
खाना पकाउने तेलको मुल्य लिटरमै ३० रुपैयाँले घट्यो

काठमाडौं । नेपाल सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको अन्तरालमा तेलको मूल्य लिटरमै ३० रुपैयाँसम्म घटेको हो।

यस्तै, सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको छ। सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल घटाउने निर्णय गरेपछि बजारमा तेलको मूल्ये कम्तीमा २० देखि बढीमा ३० रुपैयाँसम्म तेलको मूल्य घटेको हो।

एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको छ भने २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ। यस्तै अहिले २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँ रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित