सरकारद्वारा संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ३८ पटक पढिएको
सरकारद्वारा संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस

भोलि असोज १ गतेबाट संसद अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति विद्या देवी भण्डारीलाई सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि (शनिबार) असोज १ गतेबाट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकले भोलि राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। यसअघि आज शुक्रबार प्रतिनिधिसभाबाट तीन विधेयक स्वीकृत भएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित