महाभियोग सिफारिस समितिद्वारा जबराको सम्पत्ति विवरण माग

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • ३५ पटक पढिएको
महाभियोग सिफारिस समितिद्वारा जबराको सम्पत्ति विवरण माग

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण माग गरेको छ। प्रतिनिधिसभाको समितिले बिहीबार न्यायपरिषदबाट जबराको सम्पत्ति विवरण माग गर्ने निर्णय गरेको सभापति रामबहादुर विष्टले बताए।

समितिले जबराले गरेका विवादास्पद फैसला र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जबराका परिवारमाथि अहिलेसम्मको छानबिनबाट प्राप्त गरेका विवरण पनि मगाउने निर्णय गरेको छ। साथै शुक्रबार समितिको बैठक बस्ने र जबरालाई पूरक प्रश्न सोध्नका लागि बोलाउने निर्णय पनि समितिले गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित