१२६ जना नयाँ संक्रमित थपिए, २१२९ सक्रिय संक्रमित

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ४०१ पटक पढिएको
१२६ जना नयाँ संक्रमित थपिए, २१२९ सक्रिय संक्रमित

नेपालमा दिनानुदिन कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने थप १२६ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ७९० जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो।

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या २१२९ रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२,०१५ पुगेको छ। अहिले कोरोना संक्रमणबाट मुक्त्त हुने दर ९८.६% रहेको छ भने आज कोरोनाविरुद्धको खोप लगाउनेको संख्या शुन्य रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित