नेपालको आर्थिक अवस्था झन् जटिल र कम्जोर हुँदै गएको छ : प्रचण्ड
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३८६ पटक पढिएको
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक अवस्था झन् जटिल र कम्जोर हुँदै गएको बताएका छन्। बिहीबार पार्टीनिकट नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको प्रथम केन्द्रिय महाधिवेशनमा बोल्दै दाहालले ५० वर्ष अगाडि खाद्यान्न निर्यात गर्ने नेपाल अहिले गुन्द्रुकसमेत आयात गर्ने अवस्थामा पुगेको बताए।
उनले उद्योग व्यापार महासंघलाई आवश्यक परेको बेला संगठित भएर सडकमा निरन्तर आवाज उठाउन आग्रह गरेका छन्। आफूले केही मिसन र भिजन तयार पारेको बताउँदै प्रचण्डले अब देशको अर्थतन्त्रको जग बसाउन लाग्नुपर्ने र आत्मनिर्भर अर्थतन्त्र र राजनीतिक सुधारका लागि आफू लागिपर्ने समेत बताए।
‘राजनीतिक परिवर्तन ल्याउन जसले नेतृत्व गर्यो नयाँ आन्दोलन र परिवर्तन ल्याउन पनि उसैले नेतृत्व गर्नुपर्ने अवस्था आएको छ।’ उनले भने। साथै निजी उद्योग व्यवसायी पारदर्शी हुनुपर्ने र गलत तरिकाले आर्जन गरेको सम्पत्तिले आत्मसम्मान पाउन नसक्ने तर्क समेत गरेका छन्।