राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणिकरण

  • वर्ल्ड दैनिक
  • २ हप्ता अघि
  • ४० पटक पढिएको
राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणिकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा विधेयक प्रमाणिकरण गरेकी छन्। आज बसेको प्रतिनिधिसभा बैठकमाराष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले विभिन्न ६ वटा विधेयक प्रमाणिकरण गरेको जानकारी दिएका छन्।

प्रमाणिकरण हुने विधेयकहरुमा खानेपानी तथा सरसफाइ ऐन २०७९-तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन-२०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन्।

संघीय संसद्‍को दुवै सदनबाट पारित भई राष्ट्रपति भण्डारी समक्ष पठाइएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणिकरण गरिएको राष्ट्रपति कार्यालयले पठाएको पत्रमा उल्लेख गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित