साफ यू-१७ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा

  • वर्ल्ड दैनिक
  • २ हप्ता अघि
  • ३५ पटक पढिएको
साफ यू-१७ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा

साफ यू-१७ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतबीच आज राति खेल हुने भएको छ। भारतले बंगलादेशलाइ सेमिफाइनलमा हराएर फाइनलमा उक्लिएको थियो भने नेपालले हिजो श्रीलंकालाई हराएर उपाधि नजिक पुगेको थियो।

आज राति ८ बजे नेपालले भारतसँग श्रीलंकाको कोलम्बोमा प्रतिस्पर्धा गर्दैछ। नेपालले साफको यो प्रतिस्पर्धामा यसअघिका ६ संस्करणमा भाग लिए पनि उपाधि भने जित्न सकेको थिएन। समूह चरणमा भारतलाई ३-१ गोलले हराउँदै समूह विजेता नेपालका लागि आज इतिहास बनाउने मौका छ।

सन् २०१३ को फाइनलमा नेपाललाई भारतले १-० गोलले हराएको थियो। नेपाल २०१७ र २०१९ को संस्करणमा पनि फाइनलमा पुगेको थियो। तर दुवैमा भारतसँग पराजित हुँदा उपाधि विमुख भयो। सन् २०१९ को फाइनलमा त नेपालले भारतसँग ७ गोल खाएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित