भाका राखिएको प्रतिनिधि सभा बैठक सुरु

  • वर्ल्ड दैनिक
  • २ हप्ता अघि
  • ३७ पटक पढिएको
भाका राखिएको प्रतिनिधि सभा बैठक सुरु

बुधबारको भाका राखिएको प्रतिनिधि सभा बैठक सुरु भएको छ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरुको व्यहोरा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यस्तै, गृह मन्त्री बालकृष्ण खाणले ‘कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित