सन् २०२६ सम्ममा पूर्वाधार विकास र आर्थिक स्तरोन्नति हुन्छ : प्रधानमन्त्री देउवा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२९ पटक पढिएको
सन् २०२६ सम्ममा पूर्वाधार विकास र आर्थिक स्तरोन्नति हुन्छ : प्रधानमन्त्री देउवा

नेपाललाई सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गरिने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नीति बताएका छन्। बुधबार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने बताएका हुन्।

त्यस्तै उनको योजना भित्र पर्ने सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय नीति भएको बताए। प्रधानमन्त्री देउवाले यस्ता दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्ने र निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोगको आवश्यकता रहेको समेत औंल्याएका छन्।

उनले मुलुकमा पूर्वाधार विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै लगानी बढाउन आग्रह गरे। साथै उनले लगानी बोर्डले ३३ वटा आयोजनाका लागि ९ अर्ब डलर बराबरका योजना स्वीकृत गरेको भन्दै तीमध्ये २० वटा ठूला जलविद्युत् परियोजना रहेको समेत बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित