राप्रपा खोटाङद्वारा निर्वाचनका लागि उम्मेदवार सिफारिस

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ९९२ पटक पढिएको
राप्रपा खोटाङद्वारा निर्वाचनका लागि उम्मेदवार सिफारिस

आउँदो मंसिर ४ गतेको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङले प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ अर्जुन राई, सर्जु श्रेष्ठ, रविन राई र जगदीश राजभण्डारीको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ अर्जुन राई, जगदीश राजभण्डारी, शोभा राई र भरुमायाँ विश्वकर्माको नाम सिफारिस गरिएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए।

यस्तै, प्रदेशसभा (क) बाट प्रत्यक्षतर्फ गुण राजभण्डारी, सर्जु श्रेष्ठ र मोतीचन्द्र राई सिफारिस भएका छन्। समानुपातिकमा ललितकुमार राई, विजयकला राई, जगदीश राजभण्डारी, नरबहादुर रम्तेल र तारादेवी श्रेष्ठको नाम सिफारिस गरिएको राप्रपाले जनाएको छ।

प्रदेश सभा (ख) बाट प्रत्यक्षमा अर्जुन राई, ललितकुमार राई, तारादेवी श्रेष्ठ र ताराकुमार थापाको नाम सिफारिस गरिएको छ। समानुपातिकमा अर्जुन राई, कृष्णकुमारी राई, ताराकुमार थापा, कैलाश भट्टराई र नन्दकिशोर बञ्जरा सिफारिस भएको अध्यक्ष राईले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित