पहिलो हाफ सकिँदा श्रीलंकाविरुद्ध नेपालको ४-० गोलको अग्रता

  • वर्ल्ड दैनिक
  • २ हप्ता अघि
  • ५० पटक पढिएको
पहिलो हाफ सकिँदा श्रीलंकाविरुद्ध नेपालको ४-० गोलको अग्रता

साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो हाफ सकिँदा नेपालले श्रीलंकाविरुद्ध ४-० गोलको अग्रता लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा रश्मी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाहीको गोलमा नेपालले अग्रता लिएको हो।

खेलको १०औं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । उनले हिरा कुमारी भुजेलको पासमा गोल गरेकी हुन् । त्यसको एक मिनेटपछि सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन।

त्यस्तै खेलको १७ औं मिनेटमा र पहिलो हाफको इन्ज्युरी समयमा अमृता र दिपा शाहीले गोल गर्दा नेपालले पहिलो हाफमा ४-० गोलको अग्रता लिएको छ। नेपाल आजको खेलमा सहज जित निकाल्दै समूह विजेता भएर फाइनलमा पुग्ने योजनामा छ। यता श्रीलंका पनि प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित