आज पनि नेप्सेमा दोहोरो अंकको गिरावट

  • वर्ल्ड दैनिक
  • २ हप्ता अघि
  • ४५ पटक पढिएको
आज पनि नेप्सेमा दोहोरो अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। आज सेयर बजार १३.५९ अंकले घटेसँगै नेप्से परिसूचक १९१२.६९ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ २.३९ अंकले घटेर ३७२.३४ को विन्दुमा ओर्लेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका २६ लाख १३ हजार ५४० कित्ता सेयर ८३ करोड १६ लाख ३ हजार ६५१ रुपैयाँमा किनबेच भएका छन्। आज कारोबार रकम पौने १ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नबिल बैंकको सर्वाधिक ४ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ भने सामुदायिक लघुवित्तका सेयरधनीको सेयरभाउमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। साताको दोस्रो बजारमा आज १८९ कम्पनीको शेयर कारोबार भएमध्ये २८ कम्पनीको शेयर बढ्दा १४९ कम्पनीको शेयर घटेको छ भने १२ कम्पनीको सेयर कारोबार स्थिर रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित