ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ हप्ता अघि
  • ४९ पटक पढिएको
ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ

कैलालीमा अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका-२ रुवस होटल नजिकबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९३० मिलिग्रामसहित उक्त दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-३ बस्ने २१ वर्षीय अशोक अधिकारी र २४ वर्षीय मोहित जोशी रहेका छन्। प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी उनीहरुलाई आइतबार बेलुका पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित