बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ हप्ता अघि
  • ४३ पटक पढिएको
बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका-२ अमरपुरका ६१ वर्षीय झुठारु थारु रहेका छन्।

थारु भैंसी चराउन गएको समयमा एक्कासी बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं सहायक वन अधिकृत द्रोण शर्माले बताए। आइतबार बेलुकासम्म घर नफर्केपछि उनका आफन्तले वन, प्रहरीलगायत ठाउँमा जानकारी गराएपछि खोजी कार्य भएको थियो।

रात परेकाले घना जंगलमा खोजी हुन नसकेपछि सोमबार शरीरका केही अवयव, छाता,चप्पल फेला पारेको हो। बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले चरिचरण र अन्य प्रयोजनका लागि एक्लै वनमा नजानका लागि पटक पटक आग्रह गरे पनि अटेर गरेका कारण वन्यजन्तुले आक्रमण गर्ने र मृत्यु हुने गरेको वनका कर्मचारीहरुले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित