जेहेन्दार विद्यार्थीलाई ल्यापटप

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ४४७ पटक पढिएको
जेहेन्दार विद्यार्थीलाई ल्यापटप

काठमाडौं । साइनिङ नेपाल फाउण्डेशनले एसइइ परिक्षामा उच्च अंक ल्याउने जेहेन्दार विद्यार्थीलाई सम्मान तथा ल्यापटप वितरण गरेको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच फाउण्डेशनले यस वर्षको एसइइ परिक्षामा उच्च अंक ल्याई उत्तिण भएका तीन जना जेहेन्दार विद्यार्थीलाई सम्मानसहित ल्यापटप वितरण गरेको हो । उनीहरुलाई नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ल्यापटप प्रदान गरेका हुन् ।
सो अवसरमा बोल्दै विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उज्ववल भविष्यको काम गरे । उनले उचित स्रोत र साधनका बीच पनि सामुदायिक विद्यालयको मिहिनेत प्रशंसनीय रहेको उल्लेख गरे ।
कार्यक्रममा सम्मान तथा ल्यापटप पाउनेहरुमा गुहेश्वरी माविकी प्रकृति फुँयाल, मंगलादेवी माविका रामायोद्या पण्डित र शारदा माविका उज्जवल सिग्देल रहेका छन् । द्वारीकाज फाउण्डेशन र सुबिसु केबल नेट लिमिटेड सहयोगमा उनीहरुलाई वितरण गरिएको आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित