‘चरित्र हत्या गर्न खोजियो, म सँग सक्कली प्रमाणपत्र छ’: शिक्षक बलाल

  • वर्ल्ड दैनिक
  • २ हप्ता अघि
  • ५१ पटक पढिएको
‘चरित्र हत्या गर्न खोजियो, म सँग सक्कली प्रमाणपत्र छ’: शिक्षक बलाल

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका स्थित लुम्बिनी माध्यमिक विद्यालयका शिक्षक रुकबहादुर बलालले आफु विरुद्ध आएको समाचारको खण्डन गरेका छन् । जनआस्था साप्ताहिकमा ‘पारीको प्रमाणपत्रमै डेढ दशकदेखि गुरु बा’ शिर्षकमा प्रकाशित समाचार कपोकल्पित र झुटा रहेको भन्दै शिक्षक बलालले खण्डन गरेका हुन् ।

शिक्षक बलालले सञ्चारमाध्यम मार्फत आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले सुनियोजित तवरले समाचारहरु आएको भन्दै आफुसँग नेपालमै अध्ययन गरेको शैक्षिक प्रमाणपत्रहरु रहेको दावी गरेका छन् ।

लुम्बिनी माविमा १५ वर्षदेखि संगित शिक्षकको रुपमा बलाल कार्यरत छन् । उनी विद्यालयको निजी स्रोतका संगित शिक्षक हुन् । उनले नेपाल सरकारको कुनै स्रोतबाट तलव सुविधा बुझेका छैनन् ।

पहिले गुठीको रुपमा स्थापित उक्त विद्यालय हाल सामुदायिक विद्यालयमा परिणत भएको छ ।

हेर्नुहोस् बलालका शैक्षिक प्रमाणपत्रहरु :

शिक्षक बलालले आफ्नो चरित्र हत्या गर्न समाचार सम्प्रेषण गरिएको भन्दै भ्रामक समाचारको भ्रममा नपर्न सबैमा अपिल गरेका छन् । उनले आफु विरुद्ध लागेको आरोपको खण्डन गर्दै अनुसन्धान गर्न र दोषि देखिए कारबाही भोग्न तयार रहेको बताएका छन् ।

शिक्षक बलालले समाचार खण्डन गर्दै सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् :

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित