दार्चुलाको लास्कु खोलामा बाढी : ४ जना बेपत्ता

  • वर्ल्ड दैनिक
  • २ हप्ता अघि
  • ५८ पटक पढिएको
दार्चुलाको लास्कु खोलामा बाढी : ४ जना बेपत्ता

२५ भदौ, काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीले १३ घर बगाएको छ । बाढीमा परेर ४ जना बेपत्ता भएका छन् ।

अविरल वर्षापछि शुक्रबार रातिदेखि आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिए ।

बेपत्ता हुने महाकाली नगरपालिकाका दुई जना र नौगाड गाउँपालिकाका दुई जना रहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक मगरका अनुसार  बाढीमा फसेकाहरूको अहिले सुरक्षाकर्मीको टोली उद्धार गरिरहेको छ । उनीहरूलाई उद्धार गरि स्थानीय सामुदायिक सेवा केन्द्रमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%